Tuesday, June 23, 2026
spot_img

८ महिनामा वाणिज्य बैंकको खुद नाफा ४३ अर्ब बढी, नेपाल बैंकको सर्वाधिक बढ्यो (सूची)

spot_img
spot_img

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८१ फागुनसम्मको अवधिमा कुल ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७८ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ४ अर्ब ७२ करोड, तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ८ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा कृषि विकास बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ७३ करोड ८० लाख रहेको छ। त्यस्तै एनआईसी एशिया बैंकले ८१ करोड ९९ लाख खुद नाफा कमाउँदा कुमारी बैंकले ९६ करोड ९१ लाख खुद नाफा कमाएका छन् ।

आर्थिक वर्ष २०८० फागुन र २०८१ फागुनको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा नेपाल बैंकको खुद नाफा सर्वाधिक १३२.९० प्रतिशतले बढेको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ४५.६८ प्रतिशत तथा एनएमबि बैंकको खुद नाफा ४१.११ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८० फागुन र २०८१ फागुनको अपरिस्कृत   खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा ९ वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये एनआईसी एशिया बैंकको खुद नाफा ६७.७५ प्रतिशत घटेको छ भने कृषि विकास बैंकको खुद नाफा ६२.६६ प्रतिशत घटेको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ४०.०९ प्रतिशत घटेको छ भने कुमारी बैंकको खुद नाफा ३१.९८ प्रतिशत घटेको छ।

हेर्नुस् चालु आर्थिक वर्ष २०८०/८१ र  २०८१/८२ को पहिलो ८ महिनामा वाणिज्य बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ। 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img