अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १४४४१.६४ प्रतिशत बढेको छ।
चालु आर्थिक वर्षमा कम्पनीले ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २१ लाख ४३ हजार मात्र थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ३८.३८ प्रतिशतले बढेर ८५ करोड ८० लाख पुगेको छ। कम्पनीले गरेको शेयर लगानीको फेयर भ्यालु गेन बढेर २२ करोड ३१ लाख पुगेको छ । कम्पनीको अन्य आम्दानी १२९५.०७ प्रतिशतले बढेर १ करोड ६४ लाख पुगेको छ । कम्पनीको विद्युत बिक्रीको आम्दानी, अन्य आम्दानी र फेयर भ्यालु गेन बढ्दा कम्पनीको खुद नाफामा उछाल आएको हो ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २.७५ रुपैयाँबाट बढेर १०.२६ रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १०९.१८ रुपैयाँ पुगेको छ। ६ अर्ब ७ करोड चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५५ करोड ७६ लाख रहेको छ।