Tuesday, June 23, 2026
spot_img

३९५ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको खुद नाफा

spot_img
spot_img

हिमालयन लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३९५.६ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले २ करोड ६० लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५२ लाख ५८ हजार रुपैयाँ मात्रै थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ७२ लाखबाट बढेर १५ करोड ३३ लाख पुगेको छ। त्यस्तै कम्पनीको नेट फि एण्ड कमिशन आम्दानी २ करोड ३८ लाखबाट बढेर २ करोड ९६ लाख पुगेको छ। कम्पनीको संचालन आम्दानी १४ करोड ८० लाखबाट बढेर १८ करोड ५७ लाख पुगेको छ। यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम ७८ लकः ३१ हजारबाट बढेर १ करोड १७ लाख पुगेको छ। यस हुँदा पनि कम्पनीको खुद संचालन आम्दानी १४ करोड २ लाख बाट बढेर १७ करोड ४० लाख पुगेको छ। कम्पनीको वितरणयोग्य मुनाफा भने २९ लाख ६० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा पुगेको छ। ३१ करोड ९८ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा १२ करोड रुपैयाँ रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img