फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.४१ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेर ११ करोड १४ लाख पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ८६.२६ प्रतिशतले घटेर १६ लाख ६९ हजार कायम भएको छ । लघुवित्तको संचालन मुनाफा ४३.३८ प्रतिशतले घटेर ७ करोड ४७ लाख कायम भएको छ । कम्पनीको वितरणयोग्य मुनाफा पनि ३८.१७ प्रतिशतले घटेर ३ करोड ९१ लाखमा सिमित भएको छ।
यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी ७ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १२५.३३ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।
१ अर्ब ३४ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा ३४ करोड ६ लाख रुपैयाँ रहेको छ।