ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा ४९.५१ प्रतिशतले बढेको छ।
दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा २ अर्ब ४ करोड २३ लाख थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशतले घटेर ८ अर्ब २९ करोड कायम भएको छ।
खुद ब्याज आम्दानी घटे पनि बैंकले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको खर्च घटे पछि बैंकको खुद नाफा घटेको हो । बैंकको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको खर्च ४६.७२ प्रतिशतले घटेर २ अर्ब २० करोड कायम भएको छ। यहि कारण बैंकको संचालन मुनाफा ४७.८८ प्रतिशतले बढेर ४ अर्ब २० करोड पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड रहेको छ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ २ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ। बैंकको खराब कर्जा ४.६८ प्रतिशतबाट बढेर ४.८६ प्रतिशत पुगेको छ।
३८ अर्ब ११ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा २६ अर्ब ५२ करोड रहेको छ। बैंकको निक्षेप ५ खर्ब १३ अर्ब रहेको छ भने कर्जा प्रवाह ४ खर्ब रहेको छ।












