पीईभीसीलाई कालोसूचीमा राख्न नपाउने व्यवस्थाबारे राष्ट्र बैंकले पार्यो थप प्रष्ट

spot_img

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिले गरेका व्यवस्था कार्यान्वयनको लागि एकिकृत निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले आज बुधबार एकिकृत निर्देशन जारी गरेको हो ।

जसमा  प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नराखिने विषय पनि समावेश छ । नयाँ निर्देशन अनुसार स्वदेशी PEVC संस्थाको ५० प्रतिशत वा सो भन्दा कम सेयर लगानी रहेको साना तथा मझौला उद्योग कालोसूचीमा परेको कारणले मात्र त्यस्ता Private Equity Venture Capital (PEVC) संस्थालाई कालोसूचीमा समावेश गर्न पाइने छैन।

राष्ट्र बैंकले मौद्रिक नीतिमा प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइने घोषणा गरेको थियो ।

मौद्रिक नीतिमा भनिएको थियो ‘प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइनेछ ।’ आज निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस बारे थप प्रष्ट पारेको हो।

प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले विभिन्न कम्पनीमा लगानी गर्ने गरेका थिए । तर केही कारणश कुनै एउटा कम्पनी कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा परेमा त्यस संस्थामा लगानी गर्ने प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटल नै कालोसूचीमा पर्ने व्यवस्था थियो । अब भने यो समस्या केहि हदसम्म समाधान हुने भएको छ।

नेपाल प्राइभेट इक्विटी एसोसिएसनले कालोसूचीमा पर्ने व्यवस्था पुनरावलोकन गर्न राष्ट्र बैंकलाई सुझाव दिएको थियो। विदेशी लगानीको  प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई यो सुविधा पहिल्यै भए पनि अब स्वदेशी फण्डले पनि यो सुविधा पाउने भएका छन्।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...