Thursday, May 22, 2025
spot_img

एनआईबिएल इक्विटी पार्टनर्सद्वारा जगदम्बा स्पिनिङ मिल्समा लगानी

एनआईबिएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ मिल्समा लगानी गर्ने सम्झौता गरेको छ। सम्झौतामा एनआईबिएल इक्विटी पार्टनर्स फण्डको व्यवस्थापक एनआईएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवनाथ बहादुर पाँडे र जगम्दबा स्पिनिङ मिल्सका प्रबन्ध संचालक विष्णु न्यौपानेले हस्ताक्षर गरेका छन् ।

एनआईबिएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली अनुसार लाईसेन्स प्राप्त प्राइभेट इक्विटी फण्ड हो। यस लगानी सम्झौताले जगदम्बा स्पिनिङ मिल्सलाई उत्कृष्ट धागो कम्पनीको रुपमा विकास गर्न, कम्पनीको मुनाफा बढाउन, र कम्पनीको व्यवसाय विस्तार गर्न सहयोग पुग्ने अपेक्षा दुवै पक्षले व्यक्त गरेका छन् ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पाँडेले निर्यात गर्ने उद्योगसँग सम्झौता गर्न पाउँदा खुसि रहेको र  अर्थतन्त्रलाई बढावा दिने तथा देशभित्रै रोजगारी सिर्जना गर्ने उद्योगलाई बढावा दिनु पर्ने बताए । नेपालमा जगदम्बा स्पिनिङ मिल्स जस्ता धेरै उद्योग चाहिने उनले बताए ।

जगदम्बा स्पिनिङ मिल्सका प्रबन्ध संचालक न्यौपानेले जगदम्बा स्पिनिङ मिल्स  नेपालको शीर्ष स्पिनिङ मिल बन्ने लक्ष्यमा रहेको र दक्षिण एसियामा आफ्नो व्यापार विस्तार गर्ने योजनामा रहेको बताए​छ। कम्पनीले उन्नत प्रविधिहरू र दिगो अभ्यासहरू प्रयोग गर्दै उच्च गुणस्तरको धागो उत्पादन गरिरहेको बताए।

सौरभ ग्रुप अन्तरर्गत रहेको जगदम्बा स्पिनिङ मिल्सले आफ्नो रुपन्देहीमा रहेको उद्योगबाट धागो उत्पादन गर्दै आएको छ। कम्पनीसँग दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता छ । कम्पनीको ९० प्रतिशत उत्पादन निर्यात हुने गरेको छ, जसमा भारत प्रमुख बजार हो ।  कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । आईपीओको रकमले दक्षिण एसियामा कम्पनीको व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने कम्पनीको अपेक्षा छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

शक्ति गुमाएर ‘भूत बंगाला’ बनेको उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले साना र मझौला उद्यमी व्यवसायीहरुको...

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान...

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...
spot_img