सिटिजन्स क्यापिटलले निष्काशन गरेको नयाँ सामुहिक लगानी कोष योजनाको इकाईमा माग गरिएको भन्दा २५ प्रतिशत बढीको आवेदन परेको छ । क्यापिटलले पुस ४ गतेदेखि पुस १८ गतेसम्म सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सन्तुलित योजनाको इकाई निष्काशन गरेको हो।
यस निष्काशनमा व्यक्तिगत र संस्थागत लगानीकर्ताबाट १ अर्ब २५ करोड बढीको आवेदन परेको क्यापिटलले जनाएको छ । जुन माग गरिएको भन्दा २५ प्रतिशत बढी हो।
यस योजनाको आकार १ अर्ब रुपैयाँको रहेको थियो। जसमा प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरिएको थियो । जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको थियो । बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो। माग भन्दा बढीको आवेदन परेसंगै अब क्यापिटलले योजनाको आकार बढाउँन सक्ने छ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर ९ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो। यो १० वर्ष अवधिको बन्दमुखी योजना हो।













