सिटिजन्स क्यापिटलले निष्काशन गरेको नयाँ सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज पुस १८ गते अन्तिम दिन रहेको छ। क्यापिटलले पुस ४ गतेदेखि सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सन्तुलित योजनाको इकाई निष्काशन गरेको हो। यो १० वर्ष अवधिको बन्दमुखी योजना हो।
यस योजनाको आकार १ अर्ब रुपैयाँको रहेको छ । जसमा प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ । जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ । बाँकि रहेको बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यसमा आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर ९ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो।













