सिटिजन्स क्यापिटलले आज पुस ४ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको छ। क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सन्तुलित योजनाको इकाई निष्काशन गरेको हो। यो १० वर्ष अवधिको बन्दमुखी योजना हो।
यस योजनाको आकार १ अर्ब रुपैयाँको रहेको छ । जसमा प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ । जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ । बाँकि रहेको बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
यसमा आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ। आवेदन दिँदा छिटोमा पुस ८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १८ गतेसम्म आवेदन दिन सकिने छ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर ९ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो।













