Thursday, May 22, 2025
spot_img

२८०० को बिन्दु नजिक शेयरबजार: हिमालयन रिको सवा अर्बको कारोबार, होटेल समूहमा आकर्षण

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ४०.७६ अंकले बढेर २७९६.३८ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३२६ कम्पनीका ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता शेयर खरिद बिक्रीबाट २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७ रुपैयाँ ६४ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब २६ करोडको कारोबार भएको छ। त्यस्तै एनआरएन इन्फ्रास्ट्रकचरको ४९ करोड ३८ लाख, सानिमा माई हाइड्रोको ४४ करोड ५१ लाख तथा शिवम सिमेन्टको ४२ करोड ७ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये रुरु हाइड्रो , सीईडिबी हाइड्रो, भगवती हाइड्रो, लगायत ८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। आज नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने हिमालयन लघुवित्तको शेयर मूल्य ७.६२ प्रतिशत घटेको छ। त्यस्तै गुहेश्वरी फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर मूल्य क्रमश ६.२६ प्रतिशत तथा ६.२५ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये होटेल समूह सर्वाधिक ६.६९ प्रतिशत बढेको छ। आज फाइनान्स समूह सर्वाधिक ४.६१ प्रतिशत घटेको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान...

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...
spot_img