Tuesday, March 17, 2026
spot_img

प्रति कित्ता ४०० रुपैयाँमा ४ लाख ५३ हजार कित्ता शेयर बिक्री गर्दै होटेल सारथी

spot_img
spot_img

धुलिखेलको होटेल सारथी लिमिटेडले संस्थापक समूहको जगेडा शेयर प्रिमियम मूल्यमा बिक्री गर्ने भएको छ । कम्पनीले आज चैत्र ३ गते सुचना जारी गर्दै हाल कायम संस्थापक शेयरधनीलाई शेयर खरिदको लागि आवेदन दिन आग्रह गरेको हो ।

कम्पनीको गत कार्तिक १ गते सम्पन्न साधारणसभाले  संस्थापक समूहको जगेडा शेयर प्रिमियम मूल्यमा जारी गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको थियो । सोही बमोजिम सञ्चालक समितिको फागुन ३० गतेको बैठकले ४ लाख ५३ हजार ६ सय ५९ कित्ता  साधारण शेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार उक्त शेयरको अंकित मूल्य १००  रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर ४०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

इच्छुक कायम संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आफुले लिन चाहेको शेयर सङ्ख्या खुलाई कम्पनीको रजिष्टर्ड कार्यालय धुलिखेल – ८, काभ्रेपलाञ्चोकमा निवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तोकिएको समयभित्र कायम संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य इच्छुक लगानीकर्तालाई उपलब्ध गराई बाँडफाँड गरिने कम्पनीले प्रष्ट पारेको छ ।

कम्पनीले आईपीओ निष्काशनको तयारी पनि गरिरहेको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ l आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ l

२०७२ सालमा स्थापना भएको होटेल सारथी धुलिखेल-८, रिसोर्ट मार्ग, काभ्रेपलाञ्चोकमा रहेको तीनतारे होटेल हो l निकट भविष्यमै चार तारेमा स्तरवृद्धि हुन लागेको छ l एउटा प्रेसिडेन्सीयल, ६ वटा सुइट, ५० वटा प्रिमियम डिलक्स, २३ वटा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् l ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको छ l

होटेल १९ रोपनी क्षेत्रफलमा फैलिएको छ l खाली रहेको जग्गा तथा भाडामा लिएको जग्गामा फार्म हाउस, रोप साइक्लिङ्ग, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ l भविष्यमा होटेलको सेवालाई विस्तार गर्दै साहसिक पर्यटनका विभिन्न गतिविधि जस्तै ट्रेकिङ, राफ्टिङ्ग, बञ्जी जम्पिङ्ग, प्याराग्लाइडिङ्ग, साइक्लिङ्ग, क्याम्पिङ्ग, स्कीइङ्ग, स्नो बोर्डिङ्ग, वेलुनिङ्ग, क्याकिङ्ग, जिपलाइन, जङ्गली जनावर (वाइल्डलाइफ) अवलोकन जस्ता सेवा सञ्चालन गर्ने तैयारी गरेको छ l

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सांसद बनेपछि निफ्राको संचालकबाट लिमाले दिईन् राजीनामा

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि लिमा अधिकारीले  नेपाल इन्फ्रास्ट्रक्चर बैंक...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड, १८४२६० जनाले पाए शेयर

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए निशुल्क फोन गरेर जानकारी दिन आग्रह

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको...

शिखर पावर डेभलपमेन्टको आईपीओ आज बाँडफाँड हुँदै

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आज चैत्र...

७८ वर्षीय केसीले गराउनेछन् नव निर्वाचित सांसदहरुलाई सपथ

यस पटक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी हुने...
spot_img