Monday, May 4, 2026
spot_img
spot_img

‘अलमलमा परेको पुँजीबजारलाई बाटो क्लियर भएको छ, अब आफ्नो गति लिन्छ’

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्ने भएपछि शेयर लगानीकर्ता उत्साहित देखिएका छन् । कम्तिमा ५ वर्षको स्थिर सरकार बन्ने भएपछि लगानीकर्ताहरु उत्साहित देखिएका हुन् ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार अनुसार यस अघि स्थिर सरकार नहुने, मिलिजुली सरकार बन्ने, सरकारको अवधिको टुंगो नहुने अवस्था हुँदा लगानीकर्ता र पुँजीबजार अलमलमा रहेको स्थिति थियो। अब भने एकै पार्टीले बहुमत पाएकोले ५ वर्षको स्थिर सरकार बन्ने हुँदा पुँजीबजारलाई बाटो क्लियर भएको उनी बताउछन् ।

अब सरकारलाई आफुले चाहेअनुसारको नीति नियम सहजै बनाउन सक्ने, यी नीति नियम कम्तिमा ५ वर्ष लागू हुने, र यस अघि पुँजीबजार र अर्थतन्त्र सुधार समबन्धमा बनेका विभिन्न सिफारिसहरुसमेत अब बन्ने सरकारले कार्यान्वयन गर्ने अपेक्षा उनको छ। विशेष गरि नेप्से पुनसंरचना समबन्धि प्रतिवेदन र पुँजीबजार सुधार सम्बन्धि प्रतिवेदन कार्यान्वयन हुने उनको अपेक्षा छ। त्यस्तै रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन पनि कार्यान्वयन हुने अपेक्षामा रहेको उनी बताउछन् ।

यी प्रतिवेदन कार्यान्वयन भएमा पुँजीबजारमा नयाँ नयाँ प्रविधि आउने, पुँजीबजारमा इन्ट्राडे जस्ता नयाँ नयाँ प्रडक्ट आउने भएकोले पुँजीबजार आफ्नो लयमा अघि बढ्ने उनको भनाई छ। त्यस्तै रास्वपाले आफ्नो वाचापत्रमा पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने भनेको , धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिने उल्लेख गरेकोले यी काम भएमा बजारले नयाँ गति लिने उनको भनाई छ।

राजनीतिक क्रान्ति भईसकेकोले अब भने आर्थिक क्रान्तितिर नयाँ सरकार अगाडी बढ्नु पर्ने उनको भनाई छ । त्यसको लागि ठूला पूर्वाधारका परियोजना, कृषिका परियोजना, पर्यटनका परियोजना अघि बढाउन सके अर्थतन्त्र चलायमान हुने र समग्र अर्थतन्त्र चलायमान हुँदा पुँजीबजारले नयाँ उचाई चुम्ने उनी बताउछन् ।

विषम परिस्थितिमा तोकिएकै समयमा देशभर शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशिला कार्की र उनको नेतृत्वको टिम धन्यवादको पात्र रहेको ढकाल बताउछन् ।

पुँजीबजारमा उज्यालो दिन आउनेछ : अग्रज लगानीकर्ता रौनियार 

अग्रज लगानीकर्ता छोटेलाल रौनियार अब देशको अर्थतन्त्र र पुँजीबजारमा उज्यालो दिन आउने बताउछन्  । राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नै भ्रष्ट्राचार, कुशासन र बेथितिको विरोधमा भएकोले अब बन्ने रास्वपाको सरकारले देशमा भ्रष्ट्राचार हुन नदिने, सुशासन कायम गर्ने र देशमा थिति बसाल्ने अपेक्षा गरिएको बताउछन् । विगतमा ३५ वर्षमा ३० पटक प्रधानमन्त्री परिवर्तन हुने गरेकोमा अब भने स्थिर सरकार बन्ने हुँदा सबै अन्योलता अन्त्य भएकोले अर्थतन्त्र र पुँजीबजार सकारात्मक हुने उनको भनाई छ।

त्यस्तै अब अर्थमन्त्री बन्न लागेका डा. स्वर्णिम वाग्ले अर्थतन्त्रको राम्रो जानकार भएकोले उनको नेतृत्वमा अर्थतन्त्रमा राम्रो सुधार देखिने रौनियारको विश्वास छ। डा. वाग्लेले धेरै पहिले देखि नै १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिने भिजन प्रस्तुत गरेकोमा अब त्यो पुरा गर्न सक्ने अवसर उपलब्ध हुन लागेकोले उनले त्यो अवसरलाई सदुपयोग गर्ने विश्वास रौनियारको छ। डा. वाग्ले खुला उदारवादी अर्थतन्त्रमा विश्वास गर्ने भएकोले निजी क्षेत्रलाई साथमा लिएर उनी अघि बढ्ने अपेक्षा रहेको रौनियार बताउछन्।

विगतका सरकार र राष्ट्र बैंकले लिएका कतिपय नीतिमा कोर्स करेक्सन गर्नु पर्ने अवस्था देखिएको र बुझेको अर्थमन्त्रीले त्यसतर्फ पनि काम गर्ने अपेक्षा रौनियारको छ।  समग्र अर्थतन्त्र कै विकास र वृद्धि हुँदा पुँजीबजारले स्वत लय समात्ने भएकोले आगामी दिन पुँजीबजारको लागि पनि सुनौलो रहेको रौनियारको भनाई छ। आगामी दिनमा पुँजीबजारमा उज्यालो आउने, लगानीकर्ताले यस अघि बेहोरेका घाटा पूर्ति हुने विश्वासमा रौनियार रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घाटामा रहेको कम्पनीले कागजी नाफा देखाएर अब आईपीओ निकाल्न पाउदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सरकार अब आईपीओ...

सोपान फर्मास्युटिकल्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त...

प्रत्येक भूमिहीन नागरिकलाई स्थायी आवास सुनिश्चित गर्छौं: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र...

अध्यक्षबाट बिदा हुँदै चन्द्र ढकाल, अब अन्जन श्रेष्ठको काँधमा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट अब चन्द्र ढकाल बिदा...

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी...

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज...
spot_img