Friday, June 19, 2026
spot_img

मर्जर पछि ग्रामिण विकास र समाज लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कुन मूल्यमा हुन्छ कारोबार ?

spot_img
spot_img

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था मर्ज भएपछि बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ५३ हजार ५ सय कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

अब मंगलबारबाट कम्पनीको कारोबार सुरु हुने छ। पहिलो कारोबार ८०४.९१ पैसामा हुनेछ। मर्जरको लागि कारोबार रोक्का हुनु अघि ग्रामिण विकास लघुवित्तको शेयर मूल्य ७८० रुपैयाँ थियो भने समाज लघुवित्तको शेयर मूल्य १ हजार ८ सय ७५ रुपैयाँ ८० पैसा रहेको थियो।

यी दुई संस्थाले मर्जरपछि गत कार्तिक २ गतेबाट एकिकृत कारोबार सुरु गरेका थिए। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार भएको थियो। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय बुटवलमा छ।

यी दुई संस्थाबीच फागुन १७ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको थियोे  । गत असार २८ गते दुवै कम्पनीको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असोज २३ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २६ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो।   दुई कम्पनी १:१ को समान स्वापमा मर्ज भएका हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img