Friday, June 19, 2026
spot_img

नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा विश्वकपमा नेपालको खेल हेर्न रंगशाला जाने अवसर

spot_img
spot_img

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिज कम्पनी लिमिटेडले आईसीसी टी–२० विश्वकप २०२६ को लागि विशेष अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत नयाँ डिम्याट खाता खोल्ने १० जना भाग्यशाली ग्राहकलाई भारतको मुम्बईमा नेपालको खेल हेर्ने पूर्ण यात्रा प्याकेज प्रदान गरिने कम्पनीले जनाएको छ।

विश्वकप २०२६ भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ। नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका रहेको छ। नासा सेक्युरिटिजले यसै खेल हेर्नको लागि विजेताहरूलाई भारत लैजाने योजना बनाएको हो।

कम्पनीका अनुसार डिसेम्बर ११, २०२५ देखि जनवरी २९, २०२६ सम्म नासा सेक्युरिटिजमा नयाँ डिम्याट खाता खोल्ने ग्राहकहरू यो अभियानमा सहभागी हुन योग्य हुनेछन्।  जसमा भाग्यशालि विजेताले नेपालबाट भारतको राउन्ड–ट्रिप हवाई टिकट (फेब्रुअरी ७ गते प्रस्थान, फेब्रुअरी ९ गते फिर्ता), फेब्रुअरी ८ को नेपालको टी–२० विश्वकप खेलको टिकट, मुम्बईमा ट्विन–शेयरिङ होटल बसाइ (फेब्रुअरी ७ देखि ९, बेड एन्ड ब्रेकफास्ट सहित) र एयरपोर्ट–होटल–स्टेडियम यात्राको सुविधा पाउने छन् ।

 ब्रेकफास्ट बाहेकका खाना, शपिङ, व्यक्तिगत खर्च, भिसा शुल्क (आवश्यक भए), ट्राभल इन्स्योरेन्स आदि भने आफै खर्च गर्नु पर्ने छ। पुरस्कार हस्तान्तरणीय नहुने र नगदमा साट्न नमिल्ने जनाइएको छ।

लकी ड्र तालिका

  • जनवरी २ : २ जना विजेता
  • जनवरी ९ : २ जना
  • जनवरी १६ : २ जना
  • जनवरी २३ : २ जना
  • जनवरी ३० : २ जना कुल १० जना विजेता

लकी ड्र लाइभ प्रसारण गरिने र योग्य ग्राहकहरूको क्लाइन्ट कोड सार्वजनिक गरिने भएकाले पूर्ण पारदर्शिता कायम गरिने कम्पनीले बताएको छ।

अन्य नियमहरू

  • विजेतासँग वैध पासपोर्ट (कम्तीमा ६ महिना मान्यता) हुनुपर्नेछ।
  • भिसा व्यवस्थापन विजेताको जिम्मेवारी। नासाले आवश्यक कागजात उपलब्ध गराउने छ।
  • विजेताले सूचना पाएको ४८ घण्टाभित्र सहभागिता पुष्टि गर्नुपर्नेछ, नत्र वैकल्पिक विजेता छानिने छ।
  • यात्रामा नियम पालना नगरेमा पुरस्कार रद्द हुन सक्नेछ।

अस्थायी यात्रा तालिका

  • फेब्रुअरी ७ : नेपालबाट भारत उडान, होटल चेक–इन, साँझ फ्री टाइम
  • फेब्रुअरी ८ : ब्रेकफास्टपछि स्टेडियम ट्रान्सफर, नेपालको खेल हेर्ने, होटल फिर्ता
  • फेब्रुअरी ९ : ब्रेकफास्ट, चेक–आउट, एयरपोर्ट ट्रान्सफर, नेपाल फिर्ता
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img