एसवाई प्यानल नेपाल लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट खातामा आएको छ। आईपीओ पर्नेहरुको खातामा बुधबार साँझ शेयर आएको हो ।
अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ। कम्पनी SYPNL सिम्बलबाट कारोबार हुने छ ।
कम्पनीले कार्तिक १९ गतेदेखि कार्तिक २३ गतेसम्म आम सर्वसाधारणलाई ४० लाख ७६ हजार १ सय ५६ कित्ता शेयर निष्काशन गरेको थियो। जसमा ४ लाख ७ हजार ६ सय १५ जनाले कम्पनीको शेयर पाएका थिए ।
यो कम्पनीले प्यानल उत्पादन गर्छ। यो कम्पनी दक्षिण कोरियाको SY CO. LTD. को सहायक कम्पनी हो। SY CO. LTD. लाई एसियाको नम्बर १ प्यानल निर्माताको रूपमा चिनिन्छ। कम्पनीले उच्च गुणस्तरका EPS र PUF स्यान्डविच प्यानलहरू उत्पादन गर्छ । जुन लागत-प्रभावी, बलियो र कुशल हुनुका साथै अत्यधिक तातो वा चिसो हावापानीका लागि उत्कृष्ट इन्सुलेसन प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीले डिजाइनदेखि निर्माणसम्म सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्दै भूकम्प-प्रतिरोधी संरचनाहरूका लागि पूर्ण समाधान प्रदान गर्ने पनि जनाएको छ ।
कम्पनीले कोरियाली स्यान्डविच प्यानल, UPVC झ्याल, स्टिल ढोका लगायतका सामग्रीहरू पनि उपलब्ध गराउँने गरेको छ।











