नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज स्वस्तिक लघुवित्तको शेयर सूचिकृत भएको छ । आज कम्पनीको ५ लाख ७७ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएसंगै मंगलबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुने छ। मंगलबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको SWASTIK सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गते सम्म आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको थियो। जुन आईपीओ भदौ १२ गते बाँडफाँड भएको थियो । जसमा १९ हजार ५ सय १९ जनाले शेयर पाएका थिए। यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका थिए।
नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । मधेश प्रदेश कार्य क्षेत्र रहेको यस् लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।













