विकाश हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको शेयर सर्वसाधारणको डिम्याट खातामा आएको छ। आईपीओ परेकाहरुको डिम्याट खातामा साउन २७ गते साँझ शेयर आएको हो ।
अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ। कम्पनीको BHCL सिम्बलबाट कारोबार हुने छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयर असार २९ गते बाँडफाँड भएको थियो।
यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ।









