रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको ६८ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ भदौ २७ गते समाप्त हुने भएको छ ।
कम्पनीमा आयोजना प्रभावित स्थानीयको नाममा रहेको ६८ लाख ८२ हजार १ सय कित्ता शेयरको लकइन अवधि खुल्न लागेको हो । सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म स्थानीयको शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ ।
कम्पनीले स्थानीयलाई २०७९ भदौ २८ मा शेयर बाँडफांड गरेको थियो । लकइन अवधि खुलेपछि स्थानीयले ति शेयर बिक्री गर्न सक्ने छन् ।









