प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज साउन १ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले साउन २३ गते साधारणसभा बोलाएको छ। साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.ब. २०८०/०८१ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९४७४ प्रतिशत नगद लाभांश गरि कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
त्यस्तै कम्पनीले १८ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पुँजीको ४७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ। यो विशेष प्रस्ताव कम्पनीको आगामी साधारणसभामा पेश हुने छ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
१.कम्पनीको २९ औं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२.लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१ साल आषाढ मसान्तको वासलात तथा आ.ब.२०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगाएत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय बिबरण सहितका अनुसूचीहरु पारीत गर्ने ।
३. सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार प्रस्तावित बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीको चुक्ता पूँजी रू. १,४४,१४,८८,०६७/- को ०.९४७४ प्रतिशतले हुन आउने रकम रु.१,३६,५६,२०३०० नगद लाभांश पारित गर्ने ।
४. आ.व. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण गर्ने सम्वन्धमा ।
विशेष प्रस्ताव:
१. सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०८० / ०८१ सम्मको बितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रू. १,४४,१४,८८,०६७/- को १८ प्रतिशतले हुन आउने रू. २५,९४,६७,८५२/- (अक्षरेपी पच्चीस करोड चौरानब्बे लाख सतसठ्ठी हजार आठ सय बाउन्न मात्र) रकम बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । बोनश शेयर बितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने ।
२. कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ५०.१५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा आ.व.२०८०/०६१ सम्मको वितरणयोग्य मुनाफाबाट १८ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव भए अनुसार कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले ५०.१५ प्रतिशत हकप्रद शेयरलाई संशोधन गरि प्रस्तावित बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने । हकप्रद शेयर पारित गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखी नजिकको पुरा अंक कायम गर्ने ।
३. कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।
४. संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन वा फेरबदल गरि कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।














if I place buy order today and buy, will I be eligible for bonus/ right share or not ? Since it will take T+2 days to be credited in TMS.