Thursday, July 16, 2026
spot_img

शेयरमा दुईथरि आईजिनबारे धितोपत्र बोर्डले दियो यस्तो निर्देशन, सिडिएसलाई झड्का

spot_img

प्रत्यक्ष नियामक नभएका कम्पनीहरुको शेयर पनि संस्थापक र सर्वसाधारण गरि छुट्टाछुट्टै दुई समूहमा कायम गर्न खोजेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)लाई धक्का लागेको छ ।  सिडिएसले अहिले उत्पादन तथा प्रशोधन समूह, होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ, र लगानी समूहका शेयर पनि संस्थापक र सर्वसाधारण गरि छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोजिरहेको छ।

तर नेपाल धितोपत्र बोर्डले दिएको एउटा निर्देशनले सिडिएसलाई धक्का लागेको हो। २०८१ फागुन ३ गते लकइन अवधि सकिएको इमर्जिङ नेपाल लिमिटेडको शेयरमा सिडिएसले धितोपत्र बोर्डको राय माग गरेको थियो। जसमा धितोपत्र बोर्डले हाल विद्यमान प्रचलित कानूनी व्यवस्था अनुसार र अन्तराष्ट्रिय अभ्यासलाई समेत आधार मानेर अघि बढ्न निर्देशन दिएको बोर्ड स्रोतले जनाएको छ।

अहिलेसम्म होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ, र लगानी समूहका शेयरको एउटा मात्र  आईजिन नम्बर (International Securities Identification Number – ISIN ) दिईदै आइएको छ।  यो युनिक नम्बर हो, विश्वमा कहिँ कतैपनि अर्को कम्पनीको नम्बरसँग मिल्दैन ।

सिडिएसले नयाँ आउने होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ, र लगानी समूहका शेयरलाई पनि संस्थापक र साधारण गरि कम्पनीको शेयर दुईथरि आईजिन सहित दर्ता गर्न खोजेको हो। साथै इमर्जिङ नेपालको हकमा कम्पनीमा नेपाल सरकारको पनि संस्थापक शेयर लगानी रहेकोले ENL र ENLP गरि दुई थरि आईजिन नम्बर कायम गरिएको थियो । तर कम्पनीले लकइन अवधि सकिएपछि समान आईजिन नम्बर कायम गर्न निवेदन दिएको थियो । दुईथरि नै आईजिन कायम राख्न खोजेको सिडिएसले धितोपत्र बोर्डको राय खोजेको थियो । जसमा बोर्डले विद्यमान प्रचलित कानूनी व्यवस्था अनुसार र अन्तराष्ट्रिय अभ्यासलाई समेत आधार मानेर अघि बढ्न भनेको छ ।

हालसम्म होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ, र लगानी समूहका शेयरलाई संस्थापक र साधारण गर्नेबारे कुनै नयाँ कानूनी व्यवस्था नगरिएकोले एकै आईजिनमा नै यी कम्पनीको शेयर हुनु पर्ने बोर्ड स्रोत बताउछ। धितोपत्र बोर्डले गत बिहीबार सिडिएसलाई पत्राचार गरेपनि सिडिएसले भने अख्तियारमा उजुरी परेको विषय देखाएर यसबारे कुनै निर्णय गरेको छैन। तर पनि बोर्डको निर्देशनले सिडिएसको योजनामा भने धक्का लागेको छ।

यस अघि :  सिडिएसले IPO आएका नयाँ कम्पनीको शेयर दुईथरि कायम गर्न खोज्दा शेयरबजारमा तरङ्ग 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट...

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...
spot_img