Thursday, July 16, 2026
spot_img

सबै शेयर डिम्याट खातामा नहालेको भन्दै पियोर इनर्जीद्वारा CDSC विरुद्द धितोपत्र बोर्डमा उजुरी

spot_img

पियोर इनर्जी लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) विरुद्द नेपाल धितोपत्र बोर्डमा उजुरी दिएको छ । पियोर इनर्जीले आज जेठ १ गते बोर्डमा उजुरी दिएको हो।

उजुरीमा पियोर इनर्जीले आफुले ८० लाख कित्ता शेयर डिम्याट गराउनको सिडिएसमा आवेदन दिएको, र  त्यसको लागि लाग्ने शुल्क बुझाईसकेको भए पनि सिडिएसले सबै शेयर डिम्याट खातामा नहालेको उल्लेख गरिएको छ। सिडिएसले पियोर इनर्जीको १६ लाख कित्ता शेयर मात्र डिम्याट गरि बाँकि शेयर डिम्याट नगरेको र सबै शेयर डिम्याट गरि डिम्याट खातामा पठाउन आग्रह गर्दा पनि सिडिएसले नगरेको उजुरीमा उल्लेख गरिएको छ।

उजुरी पत्रमा सिडिएसले किन सबै शेयर डिम्याट खातामा नपठाएको हो भन्ने बारे छानबिन गरि सिडिएसमाथि आवश्यक कारवाही गर्न माग गरिएको छ। साथै बाँकि रहेको ६४ लाख कित्ता शेयर तुरुन्त डिम्याट गरि सम्बन्धित शेयरधनीको खातामा पठाउनको लागि निर्देशन जारी गर्न धितोपत्र बोर्ड समक्ष माग गरिएको छ। सिडिएसले आफुले पुरा गर्नु पर्ने काम र कर्तब्य पुरा नगरेको भए सो विरुद्द कडा निर्देशन चाल्न पनि आग्रह गरिएको छ । सिडिएसले सबै शेयर डिम्याट खातामा नपठाउदा कम्पनीलाई अवरोध र समस्या भईरहेको पनि उल्लेख गरिएको छ।

भएको के हो ?

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले उर्जा, र उत्पादन समूहका कम्पनीको शेयर पनि संस्थापक र सर्वसाधारण गरि छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोज्दा समस्या उत्पन्न भएको हो। हाल बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको शेयर मात्र साधारण र संस्थापक गरि दुई समूहमा दर्ता र सूचीकरण हुन्छ।

 यो पनि : सिडिएसले IPO आएका नयाँ कम्पनीको शेयर दुईथरि कायम गर्न खोज्दा शेयरबजारमा तरङ्ग

तर सिडिएसले अहिले उत्पादन तथा प्रशोधन समूह, होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ, र लगानी समूहका शेयर पनि संस्थापक र सर्वसाधारण गरि छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोजेको छ।

उदाहरणको लागि एउटा खोला भन्ने जलविद्युत कम्पनीको सबै शेयर अहिले KHOLA सिम्बलबाट सूचीकृत हुन्छ। यसको लागि नेप्सेले एउटा मात्र International Securities Identification Number – ISIN नम्बर दिन्छ । यो युनिक नम्बर हो, विश्वमा कहिँ कतैपनि अर्को कम्पनीको नम्बरसँग मिल्दैन । नेपालका सबै कम्पनीका ISIN नम्बर NP बाट सुरु हुन्छ। अब सिडिएसले खोला भन्ने कम्पनीको संस्थापक शेयरलाई KHOLAP र साधारण शेयरलाई KHOLA सिम्बल र त्यहि अनुसार दुई वटा छुट्टाछुट्टै आईजिन कोड दिन खोजेको हो।

पियोर इनर्जीले शेयर डिम्याटको लागि आवेदन दिएपछि सिडिएसले नेप्सेलाई पत्र लेख्दै कम्पनीको संस्थापक समूहको शेयर र सर्वसाधारण समूहको शेयरको लागि छुट्टाछुट्टै आईजिन कोड माग गरेको थियो।   तर नेप्सेले हाल थप कुनै नयाँ कानूनी व्यवस्था नगरिएकोले यस अघिको अभ्यास अनुसार नै कम्पनीलाई एउटा मात्र कोड थियो। तर सिडिएसले त्यसलाई सर्वसाधारण समूहको शेयरको सिम्बल मानेर संस्थापक समूहको शेयरको लागि भन्दै अर्को कोड पठाउन नयाँ पत्र पठायो। तर नेप्सेले अर्को कोड नदिएपछि पियोर इनर्जीको संस्थापक शेयरधनीहरुलाई सिडिएसले डिम्याट खातामा शेयर नपठाएको हो।

पियोर इनर्जीको सबै शेयर NPE480A00001 आईजिनमा दर्ता गरिएको छ । तर आईपीओ परेका सर्वसाधारण बाहेक अरु कसैको खातामा शेयर हालिएको छैन । पियोर इनर्जीको शेयर रजिष्ट्रार रहेको नबिल इन्भेष्टमेन्टले पनि आज नै सिडिएसलाई पत्र लेख्दै कम्पनीको सबै शेयर एउटै आईजिन अर्थात् NPE480A00001 मा डिम्याट गरि सम्बन्धित लगानीकर्ताको खातामा पठाउन आग्रह गरिएको छ ।

यस अघि :  सिडिएसले IPO आएका नयाँ कम्पनीको शेयर दुईथरि कायम गर्न खोज्दा शेयरबजारमा तरङ्ग

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट...

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...
spot_img