Saturday, June 20, 2026
spot_img

आज किन भएन नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कारोबार ?

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गत बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको थियो । बिहीबारपछिको पहिलो शेयर कारोबार आज सोमबार रहेकोले आज सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुनु पर्ने थियो ।

तर आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको शेयरको म्याचिङ कारोबार हुन सकेन। १०:३० देखि १०:४५ सम्म हुने स्पेसल प्रि ओपन सेसनमा म्याचिङ कारोबार भएर मूल्य तय भएपछि ११ बजेबाट सुरु हुने नियमित सेसनमा शेयर कारोबार गर्न सकिने व्यवस्था छ। यो भनेको १०:३० देखि १०:४५ सम्म हुने स्पेसल प्रि ओपन सेसनमा कुनै एउटा कारोबार हुनु पर्छ । त्यस समयमा बिक्रीकर्ताले राखेको मूल्यमा कुनै खरिदकर्ताले शेयर खरिद गरेको हुनु पर्छ । तर कहिलेकाही  बिक्रीकर्ताले अर्डर नराख्दा वा बिक्रीकर्ताले राखेको अर्डर म्याच नहुँदा कारोबार हुन सक्दैन ।

यस्तो अवस्थामा अब कम्पनीको शेयर कारोबारको लागि मंगलबार कुर्नु पर्ने छ। मंगलबारको स्पेसल प्रि ओपन सेसनमा मूल्य तय भएपछि नियमित सेसनमा शेयर कारोबार हुने छ।

बिहीबार नेप्सेमा कम्पनीको ७५ लाख कित्ता शेयर सूचीकृत भएको थियो।  कम्पनीको शेयर NMIC सिम्बलबाट कारोबार हुने छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १००.८० रुपैयाँ देखि ३०२.४० रुपैयाँको सुरुवाती रेन्ज तोकेको छ। यस रेन्चको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने छ। सामान्यता अधिकतम रेन्जबाट नै कारोबार सुरु भएकोले कम्पनीको कारोबार पनि ३०२.४० मा हुने सम्भावना छ।

कम्पनीले निष्काशन गरेको आईपीओ  गत फागुन २३ गते शुक्रबार बिहान बाँडफाँड भएको थियो। सर्वसाधारणतर्फ कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका थिए।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img