Friday, December 12, 2025
spot_img

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 कम्पनीले चैत्र २१ गते साधारणसभा बोलाएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरि कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब  रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

(क) सामान्य प्रस्ताव :

(१) कम्पनीको सातौ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०८० / ०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
(२) कम्पनीको लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०८० / ०८१ आषाढ मसान्तको वासलात, मिति २०८०।०४।०१ गते देखि २०८१।०३।३१ गते सम्मको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।
(३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१ / ०८२ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

( ४ ) संचालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी रु.२,००,००,००,०००/- मा ०.३९४७ प्रतिशतका दरले नगद लाभांश रु. ७८,९४,७३७/- (अक्षरेपी : अठहत्तर लाख चौरानब्बे हजार सात सय सैतिस मात्र) पारित गर्ने । (प्रस्तावित लाभांश कर प्रयोजनार्थ)

(ख) विशेष प्रस्ताव :

(१) संचालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी रु. २,००,००,००,०००/- मा ७५ प्रतिशतका दरले रु. १५,००,००,०००/- (अक्षरेपी पन्ध्र करोड मात्र) को बोनश शेयर पारित गर्ने । त्यसरी बोनश शेयर पारित गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखी नजिकको पुरा अंक कायम गर्ने । बोनश शेयर जारी गर्दा जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावली संशोधन गर्ने ।

(२) छैठौ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरि १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने ।

(३) कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आ.व. २०८० / ०८१ मा भएको खर्चको अनुमोदन गर्ने ।

( ४ ) सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको बैठक भत्ता संशोधन गर्ने ।

(५) प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्यायोजन गर्ने । संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृती गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो बमोजिम संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

४ जना मन्त्री थपिँदै (नामसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्...

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...
spot_img
spot_img