Saturday, April 19, 2025
spot_img

शेयरबजारमा आज पनि गिरावट, कारोबार रकम सामान्य बढ्यो

आज बुधबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से सूचक १४.८८ अंकले घटेर २६८२.१५ को बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएका ३११ कम्पनीका ९५ लाख ८३ हजार ८ सय २९ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६ सय ४३ रुपैयाँ ३६ पैसाको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।

आज कारोबारमा आएका मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक २९ करोड ६७ लाखको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको २३ करोड ४६ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये मिथिला लघुवित्तको शेयर मूल्य सर्वाधिक ३.९३ प्रतिशत बढेको छ भने गरिमा समृद्धि योजनाको इकाई मूल्य ७.६९ प्रतिशत बढेको छ। त्यस्तै भूगोल इनर्जीको शेयर मूल्य ७.३५ प्रतिशत तथा  ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये सामुदायिक लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.२० प्रतिशत घटेको छ भने हिमालयन पार पार्टनरको शेयर मूल्य ४.५२ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये होटेल, म्युचुअल फण्ड र ट्रेडिङ समूह मात्र बढेका छन् । जस मध्ये ट्रेडिङ समूह सर्वाधिक ०.६० प्रतिशत बढेको छ।

बाँकि सबै समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक १.५३ प्रतिशत घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img