आईजिआई प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज फागुन ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १२ गते गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले फागुन २५ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
साधारण प्रस्ताव:
(१) संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने कम्पनीको आ.ब. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
(२) आ.ब. २०८० / ०८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरू पारित गर्ने ।
(३) आ.ब. २०८१ / ०८२ को लेखापरीक्षण गर्नको लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने (हालको लेखापरिक्षक MRU Associates पुनः नियुक्त हुन सक्ने) सम्बन्धमा । (४) स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा ।
(५) कम्पनीको हाल कायम चुक्ता पूंजी ३,०२,९३, ३४,६३९।२० (अक्षरेपी तीन अरब दुई करोड त्रियानब्य लाख चौतिस हजार छ सय उनान्चालिस रूपैया पैसा बीस मात्र) को ९.७३६८ प्रतिशतका दरले हुन आउने रू. २९,४९,६१,५३०।७० (अक्षरेपी उनन्तीस करोड उनान्पचास लाख एकसठ्ठी हजार पाँच सय तीस रूपैया पैसा सत्तरी मात्र) (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण गर्ने सम्बन्धमा ।
विशेष प्रस्तावहरु:
(१) कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
(२) कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।













