Thursday, June 18, 2026
spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

spot_img
spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज मङ्सिर १९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि आईपीओ खुला गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पुस ३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई मङ्सिर ७ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ।

कम्पनीले २०८१ साउन २४ मा आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो । आवेदन दिएको साढे ३ महिना मै बोर्डले कम्पनीको आईपीओ स्वीकृत गरिदिएको थियो ।

अन्य कम्पनीले वर्षौसम्म कुर्दा पनि आईपीओ निष्काशनको अनुमति नपाईरहेको अवस्थामा गार्डियनले साढे ३ महिना मै आईपीओको अनुमति पाउँदा अन्य कम्पनीले अनुमति दिने प्रक्रिया मै प्रश्न उठाएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सीइओ र संचालकसँग राष्ट्र बैंकले माग्यो १० थरी विवरण, विदेशको सम्पत्ति खुलाउनु पर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग १० थरी...

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

मोबाइल प्रविधिको पाँचौँ पुस्ता फाइभ जी प्रविधि भित्र्याउन सरकार...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलाई सहयोग

सिटिजन्स बैंकले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका २ मा अवस्थित...

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ...

लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुलाई विशेष छुट अफर

सरकारले लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका...
spot_img