Saturday, August 15, 2026
spot_img

शेयरबजारमा लगानीकर्ताको आकर्षण बढिरहँदा IPO नतिजा हेर्ने CDSC को वेबसाइट भने डाउन

spot_img

शेयरबजारमा लगानीकर्ताको आकर्षण बढिरहँदा आईपीओको नतिजा हेर्ने सीडीएसको वेबसाइट भने डाउन भएको छ । यस कारण सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड भए पनि राति अबेरसम्म लगानीकर्ताले आईपीओ नतिजा हेर्न पाएका छन् । सामान्यता आईपीओ बाँडफाँड भएको केहि घण्टामै आईपीओको नतिजा हेर्न मिल्थ्यो ।

तर आज सोलु हाइड्रोको हकमा भने यो समाचार तयार पार्दासम्म नतिजा हेर्न पाएका छैनन् । कम्पनीको आईपीओ दिउँसो ३:३० बजे बाँडफाँड भएको थियो।  आईपीओको नतिजा हेर्नको लागि सीडीएससीले संचालनमा ल्याएको https://iporesult.cdsc.com.np/ वेबसाइट यो समाचार तयार पार्दासम्म  खुलेको छैन । सो वेबसाइट खोल्दा ‘This site can’t be reached’ भनेर देखाउछ ।

सीडीएससीको वेबसाइटमा समस्या हुँदा बिक्री प्रबन्धकको वेबसाइटबाट पनि लगानीकर्ताले आईपीओको नतिजा हेर्ने गरेका थिए।  तर सोलु हाइड्रोको आईपीओको बिक्री प्रबन्धक रहेको नबिल इन्भेष्टमेन्ट र सह बिक्री प्रबन्धक रहेको हिमालयन क्यापिटलको वेबसाइटको आईपीओ नतिजा देखाउने पेजमा सोलु हाइड्रोको पब्लिकतर्फको आईपीओको नतिजा हेर्ने व्यवस्था गरिएको छैन ।  यो समाचार तयार पार्दासम्म बिक्री प्रबन्धक र सह बिक्री प्रबन्धकले आफ्नो वेबसाइटमा आईपीओ नतिजा अपडेट गरेका छैनन्।

आईपीओ नतिजा प्रकाशन हुन नसकेको बारे सीडीएसले , नबिल इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलले केही पनि जानकारी दिएका समेत छैनन् ।  आइपीओ नतिजा पनि प्रकाशन नहुनु र यी २ वटैले यसबारे केही पनि जानकारी नदिनुले लगानीकर्ताले अनेक आरोप लगाउन सुरु गरेका छन् । कतिपय लगानीकर्ताले आईपीओ परेकालाई शेयर नदिएर अरुलाई नै शेयर दिनको लागि चलखेल भईरहेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ लाख ३६ जनाले आवेदन दिएका थिए । जस मध्ये २४ लाख ७१ हजार ७ जनाको आवेदन मात्र योग्य भएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ८ लाख २० हजार जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन् । अन्य आवेदक भने हात खाली भएका छन् । तर अझैसम्म आईपीओको नतिजा भने प्रकाशन भएको छैन।

यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ।  कम्पनीमा गोबिन्दलाल संघाईको ८.१६ प्रतिशत, नितेश अग्रवालको ७.०९ प्रतिशत तथा राम चन्द्र संघाईको ४.९३ प्रतिश्सत शेयर लगानी रहेको छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष् हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img