सुपर खुदी हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज आइतबार शेयर बाँडफाँड गरेको हो।
कम्पनीले पुस २२ गतेदेखि पुस २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ५५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस आईपीओमा कुल ७१ हजार ७ सय २० जनाको आवेदन परेको थियो। जस मध्ये ७१ हजार ६ सय ९७ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका ७१ हजार ६ सय ९७ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १५ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् । आईपीओको नतिजा पनि प्रकाशन भईसकेको छ।
नेपाल धितोपत्र बोर्डले पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने छ।
यस कम्पनीले लमजुंगमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८३.३० प्रतिशत रहेको छ। यस कम्पनी अध्यक्ष चेतन प्रधान हुन् भने अन्य संचालकमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान, र स्वतन्त्र संचालकमा दल बहादुर विष्ट रहेका छन् ।









