Saturday, August 15, 2026
spot_img

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ निष्काशन गर्न चयन गर्यो बिक्री प्रबन्धक

spot_img

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ  निष्काशनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

आज भएको उक्त  सम्झौतामा अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत यश पुरी तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले रु.१००÷— अंकित दरका १०,०९,५३१ कित्ताले हुन आउने रु.१०,०९,५३,१०० रकम बराबरको साधारण शेयर निष्काशन गर्न  लागेको हो।

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालको अग्रणी माछा दाना उत्पादन गर्ने उद्योग मध्ये एक हो, जसले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तराष्ट्रिय मापदण्ड अनुरुपका माछा दाना उत्पादन गर्दै आएको छ । कम्पनीले देशभर फैलिएको सशक्त वितरण अञ्जाल मार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरुलाई आफ्ना उत्पादनहरु आपूर्ति गर्नका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्याउदै आएको छ।

नेपालका अग्रणी लगानी संस्था टिम भेन्चर्सले दाना उत्पादनमा केन्द्रित कृषि–प्रशोधन कम्पनी अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड मा रणनीतिक संस्थागत लगानी गरेको छ। टिम भेन्चर्स तथा यसको सम्बद्ध साझेदारहरूले संयुक्त रूपमा रु २१६.८ मिलियन लगानी गरेका हुन्, जसले अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड मा पहिलोपटक संस्थागत पूँजी प्रवेश गराएको छ ।

टिम भेन्चर्सका प्रमुख लगानी अधिकृत विकास चन्द्र भण्डारीले यस उद्योग दिगो दाना उत्पादनमा राष्ट्रिय स्तरको अग्रणी कम्पनी बन्ने उच्च सम्भावना रहेको बताए। उद्योगका प्रमुख कार्यकारी अधिकृत यश पुरीले संस्थागत समर्थनले कम्पनीको विस्तार, सुशासन सुदृढीकरण र आयात निर्भरता घटाउने लक्ष्यलाई गति दिने बताए।

.

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img