सालपा विकास बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गरेको हो ।
पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरिएको आइपीओमा २३ लाख ८३ हजार ४०७ जनाले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
योग्य आवेदकमध्ये १ लाख ४३ हजार ९ सय १७ जनाले सेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरेर बाँडफाँड गरिएको छ ।









