Tuesday, March 10, 2026

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

spot_img
spot_img

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा  फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।

अधिकृत तथा जारी पूँजी रु. ८०,००,००,००० रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् रु. १७ करोड ६० लाख बराबरको प्रति अंकित मूल्य रु. १००  का दरका १७ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको छ ।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा नं. ६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको यस आयोजनना २०८२ माघ भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथा सम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिएका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो वायु प्रदूषण, मास्क लगाउन र सावधानी अपनाउन सरकारको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह...

हिमालयन पावर पार्टनरले पायो हकप्रद निष्काशनको अनुमति

हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ...

कच्चा तेलको मूल्य बढेर १०० डलर नाघ्यो, नेपाललाई कस्तो असर पर्छ ?

विश्वव्यापी कच्चा तेलको बजारमा हालैको विकासक्रमले तेलको मूल्यमा उल्लेखनीय...

बालेनले बुझाए चुनाव लड्दाको खर्च विवरण, १४ लाख १७ हजार खर्च हुँदा के को लागि कति ?

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आफ्नो...

रास्वपा सरकारसँग पर्यटन क्षेत्रको अपेक्षाः टुरिजम मास्टर प्लानदेखि होटललाई उद्योगको मान्यता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल बहुमतको सरकार बन्ने भएपछि...

शिखर पावरको आईपीओ भर्ने मंगलबार अन्तिम दिन, हालसम्म पौने २३ लाखले दिए आवेदन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने...
spot_img