Sunday, May 31, 2026
spot_img

स्थानीयले श्रीनगर एग्रीटेकको आईपीओ भर्ने आज भदौ २५ गते अन्तिम दिन

spot_img
spot_img

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि  आयोजना प्रभावित रुपन्देही र पाल्पा जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयलाई १ लाख ६३ हजार १ सय २५ कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले साउन १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै कम्पनीले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ।

कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। त्यस्तै, कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ। कम्पनीले कृषकलाई कृषि सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेका सामग्रीहरु खरिद गरेर बजारसम्म पुयाउँदै पनि आएको छ ।

कम्पनीको ठूला शेयरधनीमा सतिश चन्द श्रेष्ठ, चन्द्र पंकज डेभलपर्स प्रालि र मौसमी श्रेष्ठ रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकले लगानी गर्ने

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५...

अर्थमन्त्रीले कहाँबाट ल्याउँदैछन् २४७ अर्ब वैदेशिक ऋण ? चीनसँग १ अर्ब, भारतसँग २ अर्ब मात्रै

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

सिबिफिनले गर्यो बजेटको स्वागत, निजी क्षेत्रको मनोवल बढ्ने विश्वास

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बजेटको स्वागत...

भन्सार बढेपछि तोलामा साढे २० हजारले महँगियो सुनको भाउ

सरकारले बजेट भाषणमार्फत सुनको भन्सार दर बढाएपछि भाउ पनि...

बजेटबारे पत्रकारसँग संवाद गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटबारे...

नेपाली बजारको अवस्था र बजार प्रतिनिधिको भूमिका

दुर्गा भुजेल नेपालको अर्थतन्त्रमा व्यापार तथा व्यवसाय क्षेत्रको महत्वपूर्ण योगदान...
spot_img