spot_img

स्वस्तिक लघुवित्तको आईपीओमा २ दिन मै १०० गुणा बढीको आवेदन

spot_img

स्वस्तिक लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा दुई कार्य दिन मै मागभन्दा १०० गुणा बढीको आवेदन परेको छ । आज भदौ १ गते साँझ ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा १७ लाख ५ हजार ९ सय ९५ जना आवेदकबाट २ करोड ७२ हजार ५ सय १० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा १०२.८३ गुणा बढी हो।

कम्पनीले साउन ३० गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको हो।

यस निष्काशनमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ताको लागि दिनु पर्ने छ। यो आईपीओ १९ हजार ५ सय १९ जनालाई मात्र पर्ने छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । मधेश प्रदेश कार्य क्षेत्र रहेको यस् लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।

यो पनि : ‘आईपीओपछि हामीलाई व्यवसाय विस्तारमा ठूलो अवसर मिल्नेछ’ (अन्तर्वार्ता)

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...