बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज साउन २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित बझांग जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र बझाङ्ग जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) तथा, सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयलाई शेयर निष्काशन गरेको हो। कम्पनीले स्थानीयलाई ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् । कम्पनीको अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत छन् । बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो ।









