स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो।
आईपीओको साउन १३ गते प्रि अलोटमेन्ट सम्पन्न भएको थियो। यस आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेकोमा ४ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड भएको छ। जसमा गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताको दरले शेयर पाएका छन्। आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ।
कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई असार २७ गतेदेखि साउन ९ गतेसम्म शेयर निष्काशन गरेको थियो। कम्पनीले उनीहरुलाई २३ हजार १ सय कित्ता शेयर निष्काशन गरेको थियो। यो आईपीओ बाँडफाँड भएपछि अब कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।
नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। मधेश प्रदेश कार्य क्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।












