स्वस्तिक लघुवित्तको पहिलो चरणको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, प्रि अलोटमेन्ट सम्पन्न

spot_img
spot_img

स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बाँडफाँड गर्न लागेको हो।

आईपीओको साउन १३ गते प्रि अलोटमेन्ट सम्पन्न भएको छ। यस आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेकोमा ४ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड हुने छ। जसमा गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताको दरले शेयर पाउने छन् ।

कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई असार २७ गतेदेखि साउन ९ गतेसम्म  शेयर निष्काशन गरेको थियो। कम्पनीले उनीहरुलाई २३ हजार १ सय कित्ता शेयर निष्काशन गरेको थियो। यो आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। मधेश प्रदेश कार्य क्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा

सुख्खा पहिरो खसेर अवरुद्द भएको पृथ्वी राजमार्ग दुइतर्फी रुपमै...

तीन महिनामा ११ करोड ६८ लाखको तास आयात

तिहारको बेला तास खेल्ने प्राचीन चलन छ । तर,...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

लक्ष्मीपूजाको दिन साँझ ५८७.३० मेगावाट विद्युत् भारत निर्यात

प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर...

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...