Sunday, May 31, 2026
spot_img

सर्वसाधारणलाई विकाश हाइड्रोपावरको IPO आजदेखि

spot_img
spot_img

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेक्क हो।

यस निष्काशनमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै  गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले  वैशाख १६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गर्नेभएको हो।

यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ।  हाल कम्पनीमा खग्रेन्द्र न्यौपानेको १४ प्रतिशत, कृष्ण प्रसाद घिमिरेको ८ प्रतिशत, सरोज धितालको ८ प्रतिशत, राजकुमार गुरुङको ७ प्रतिशत, इन्द्र बहादुर ढकालको ५ प्रतिशत, र सुनिल श्रेष्ठको ४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

विकाश हाइड्रो: समयभन्दा ४ महिना अगावै आयोजना सम्पन्न, यसैवर्ष साढे ५ करोड नाफा प्रक्षेपण

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सार बढेपछि तोलामा साढे २० हजारले महँगियो सुनको भाउ

सरकारले बजेट भाषणमार्फत सुनको भन्सार दर बढाएपछि भाउ पनि...

बजेटबारे पत्रकारसँग संवाद गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटबारे...

नेपाली बजारको अवस्था र बजार प्रतिनिधिको भूमिका

दुर्गा भुजेल नेपालको अर्थतन्त्रमा व्यापार तथा व्यवसाय क्षेत्रको महत्वपूर्ण योगदान...

दोर्दी खोला जलविद्युत कम्पनीले बोलायो विशेष साधारणसभा

दोर्दी खोला जलविद्युत कम्पनीले विशेष साधारणसभा बोलाएको छ । ...

बालेन सरकारको पहिलो बजेट, यी हुन् सर्वाधिक आलोचना भएका ४ विषय

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

अवधि नै तोकेर सरकारले गर्नेभयो ४१ काम, NTC को शेयर बेच्नेदेखि CAAN टुक्र्याउनेसम्म

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...
spot_img