Thursday, April 30, 2026
spot_img
spot_img

पियोर इनर्जी आईपीओ: विदेशी लगानी सहितको देश कै ठूलो सोलार प्रोजेक्ट, कम्पनी नाफामा

spot_img
spot_img

पियोर इनर्जी लिमिटेडले पियोर इनर्जी लिमिटेडले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै छ । कम्पनीले आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गर्ने छ।

यस निष्काशनमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीले गत फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

कस्तो हो कम्पनी ?

पियोर इनर्जी लिमिटेड सौर्य ऊर्जा उत्पादक कम्पनी हो । पियोर इनर्जी प्राईभेट लिमिटेड नामबाट २०७५ असार ०५ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएकोमा २०७९ असार ३० गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई पियोर इनर्जी लिमिटेडको रुपमा कारोबार गरिरहेको छ। यस कम्पनीको सौर्य विद्युत उत्पादन केन्द्र लुम्बिनी प्रदेश, बाँके जिल्लाको खजुरा गाउँपालिका, वडा.नं ८ मा रहेको छ ।

यो गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् , जस मध्ये बल्क १ आयोजनाले २०८० पुस ११ गतेदेखि र ब्लक २ आयोजनाले २०८० वैशाख १८ देखि व्यापारिक उत्पादन थालेको हो। आयोजनाबाट उत्पादित विद्युतलाई आयोजनास्थलबाट १५.४९५ कि.मी. दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको कोहलपुर सवस्टेशन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

पुँजी संरचना 

हाल कम्पनीको अधिकृत पुँजी र जारी पुँजी ८० करोड रहेको छ भने चुक्ता पुँजी ६४ करोड रहेको छ। सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुग्ने छ। साथै संस्थापक र सर्वसाधारणको शेयर संरचना क्रमश ८० प्रतिशत र २० प्रतिशत कायम हुने छ।

आधारभूत शेयरधनी, संचालक र व्यवस्थापन विवरण 

कम्पनीको आधारभूत शेयरधनीमा अक्षय गोल्याण रेनेर्गो डेभलपर्स प्रा.लि. , गोल्याण पावर लिमिटेड, पवन कुमार गोल्याण, वासुदेवी गोल्याण , सुरभी गोल्याण , कुमुद गोल्याण , र शक्ति कुमार गोल्याण रहेका छन् । संस्थापक शेयरधनीहरु मध्येमा कम्पनीमा अक्षय गोल्याणको सर्वाधिक ६४.०५ प्रतिशत अर्थात् ४० लाख ९९ हजार ५ सय कित्ता शेयर रहेको छ। त्यस्तै रेनेर्गो डेभलपर्सको ३१.२५ प्रतिशत अर्थात् २० लाख कित्ता तथा गोल्याण पावर लिमिटेडको ४.६९ प्रतिशत अर्थात् ३ लाख कित्ता शेयर रहेको छ। यी मध्ये रेनेर्गो डेभलपर्स भारतीय कम्पनी हो। सो भारतीय कम्पनीले पियोर इनर्जीमा २० करोड रुपैयाँ विदेशी लगानी ल्याएको हो। भारतको नयाँ दिल्लीमा रहेको यो कम्पनीले विभिन्न सौर्य ऊर्जा परियोजनाहरुको विकास र संचालनको नियामक, प्राविधिक, व्यवसायिक र कार्यान्वयन सम्बन्धी विशेषज्ञता भएको कम्पनी हो। कम्पनीले यही भारतीय कम्पनीबाट आयोजनालाई इन्जिनियरिङ्ग, खरिद र निर्माण तथा सामग्रीहरु पनि खरिद गरेको छ ।

कम्पनीको संचालकहरुमा अक्षय गोल्याण, सुरभी गोल्याण, शक्ति कुमार गोल्याण, निशान्त गोयल र मयंक रोहिल्ला रहेका छन् । यी मध्ये मयंक र निशान्त  रेनेर्गोका प्रतिनिधि हुन्। कम्पनीका अध्यक्ष अक्षय गोल्याण हुन्।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रविण अर्याल रहेका छन्। संजय कुमार शाह कम्पनीको प्रमुख वित्तीय अधिकृत र जितेन्द्र तिवारी कम्पनीका आयोजना प्रबन्धक हुन्। कम्पनीमा २६ जना स्थायी कर्मचारी हुन् । यी मध्ये प्रवीण अर्याल र संजय कुमार साहले गोल्याण समुहको अन्य कम्पनीबाट सेवा सुविधा प्राप्त गरेकोले पियोर इनर्जीबाट हालसम्म कुनै पनि पारिश्रमिक भुक्तानी नलिएको जनाएको छ।

बीमा विवरण 

कम्पनीले ओरियण्टल इन्स्योरेन्समा १ अर्ब २ करोड बिमांक रकमको सामान्य सम्पत्ति बीमा गरेको छ । त्यस्तै ओरियण्टल मै ९७ करोड ८३ लाख बिमांक रकमको अर्को सामान्य सम्पत्ति बीमा गरेको छ। यी दुवै बीमालेखको अवधि २०८२ पुस २० गतेसम्मको छ। त्यस्तै सानिमा जिआईसी इन्स्योरेन्समा २४ लाख ७० हजार बिमांक बराबरको सवारी साधन बीमा गरेको छ। यसको बीमालेख अवधि २०८२ जेठ २५ सम्म गरेको छ।

वित्तीय विवरण 

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल पुँजी तथा दायित्व २ अर्ब ३९ करोड रहेको थियो । सो आर्थिक वर्ष कम्पनीले विद्युत बिक्री गरेर २० करोड ७ लाख रुपैयाँ आम्दानी गरेको थियो। सो अवधिमा कम्पनी १ करोड ७५ लाख खुद घाटामा रहेको थियो। आर्थिक वर्ष २०७८/७९ मा कम्पनी ४ लाख ७० हजार तथा आर्थिक वर्ष २०७९/८० मा कम्पनी २२ लाख ३० हजार खुद घाटामा थियो ।

आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा कम्पनीको कुल पुँजी तथा दायित्व २ अर्ब ३३ करोड रहेको छ। सो अवधिसम्म कम्पनीले विद्युत बिक्री गरेर १२ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ। पुस मसान्तसम्ममा कम्पनी २४ लाख ८ हजार खुद नाफामा रहेको छ। यो कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२, २०८२/८२ र २०८३/८४ मा विद्युत बिक्रीबाट क्रमश २७ करोड ८८ लाख, २९ करोड २५ लाख तथा २९ करोड १० लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ। यी आर्थिक वर्षमा कम्पनीले खुद नाफा क्रमश ४ करोड २१ लाख, ७ करोड ३६ लाख र ७ करोड ८८ लाख हुने प्रक्षेपण गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ७९ लाख ऋण तिर्ने प्रक्षेपण गरेको छ भने आर्थिक वर्ष २०८२/८२ मा १३ करोड १४ लाख तथा आर्थिक वर्ष २०८२/८३ मा १० करोड ६४ लाख ऋण तिर्ने प्रक्षेपण गरेको छ। कम्पनीले आ.व. २०८१/८२ देखि अधिक नगद प्रवाहलाई अन्य लाभकारी परियोजनाहरुकोपहिचान तथा विश्लेषण गरी सोमा लगानी गर्ने जनाएको छ। शेयर निष्काशनबाट प्राप्त हुने रकम आयोजना निर्माणमा भएको दायित्व तथा ऋण र सार्वजनिक निष्काशनको क्रममा हुने खर्च भुक्तानी गर्नमा खर्च गरिने कम्पनीले उल्लेख गरेको छ।

प्रति शेयर नेटवर्थ र प्रति शेयर आम्दानी विवरण 

आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा कम्पनीको प्रति शेयर नेटवर्थ क्रमश ९८.६० रुपैयाँ, ९९.२७ रुपैयाँ र ९६.४५ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ ९६.८२ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८१/८२, २०८२/८३ र २०८३/८४ मा कम्पनीले कम्पनीको प्रति शेयर नेटवर्थ क्रमश १०१.४३ रुपैयाँ, ११०.६४ रुपैयाँ र १२०.४९ रुपैयाँ हुने प्रक्षेपण गरेको छ।

आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा कम्पनीको प्रति शेयर आम्दानी क्रमश ऋणात्मक ०.३५ रुपैयाँ, ऋणात्मक ०.३९ रुपैयं र ऋणात्मक २.७५ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ०.३८ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८१/८२, २०८२/८३ र २०८३/८४ मा कम्पनीले कम्पनीको प्रति शेयर आम्दानी क्रमश ५.२६ रुपैयाँ, ९.२१ रुपैयाँ र ९.८६ रुपैयाँ हुने प्रक्षेपण गरेको छ।

आईपीओबाट उठेको रकमको उपयोग 

कम्पनीले आईपीबाट कुल १६ करोड संकलन गर्ने छ। जस मध्ये १४ करोड ४७ लाख रुपैयाँ नविल बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले उल्लेख गरेको छ। १ करोड ५३ लाख रुपैयाँ भने धरौटी भुक्तानी तथा अन्य दायित्व भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले नबिल बैंकबाट २०८१ आषाढ २८ गते र स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट २०८१ जेठ १७ मा ऋण सुविधा प्राप्त गरेको थियो । सो ऋण सुविधाहरु नबिल बैंकबाट स्टायण्र्डड चार्टड बैंकमा ३१.४२ करोड ऋण स्वाप भएपछि बनेको नयाँ ऋण सुविधाहरु रहेको कम्पनीले जनाएको छ।

२०८१ पौष मसान्तसम्म कम्पनीले नबिलबाट १ अर्ब २१ करोड रुपैयाँ दिर्घकालिन आवधिक कर्जा र २ करोड ५० लाख अल्पकालीन आवधिक कर्जा लिएको छ । जस मध्ये कम्पनीले ७ करोड ७८ लाख रुपैयाँ कर्जा तिरेको छ भने अब १ अर्ब १६ करोड तिर्न बाँकि छ।

त्यस्तै कम्पनीले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ५० करोड रुपैयाँ दिर्घकालिन आवधिक कर्जा र १ करोड ५० लाख अल्पकालीन आवधिक कर्जा लिएको छ । जस मध्ये कम्पनीले १ करोड ४४ लाख रुपैयाँ कर्जा तिरेको छ भने अब ५० करोड ५ लाख तिर्न बाँकि छ।

क्रेडिट रेटिङ्ग विवरण

कम्पनीको आईपीओको लागि कम्पनीले “ क्रेडिट रेटिङ्ग नियमावली, २०६८ ” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त केयर रेटिङ्ग्स नेपाल लिमिटेड (Care Ratings Nepal Ltd), काठमाडौँबाट क्रेडिट रेटिङ्ग गराई मिति २०८१/०५/१३ गते“CARE-NP BB+ (Is) (Double B Plus [Issuer])” प्रमाणपत्र प्राप्त गरेको छ । उक्त क्रेडिट रेटिङ्गले “Issuers with this rating are considered to offer moderate risk of default regarding timely servicing of financial obligations in Nepal. ” भन्ने जनाउँछ । केयर रेटिङ्ग्स नेपाल लिमिटेडले “CARE- NP AAA (Is)” देखि “CARE-NP D (Is)” सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा “CARE-NP AAA (Is)” ले बलियो आधार जनाउँछ भने “CARE-NP D (Is)” ले कमजोर आधार जनाउँछ । रेटिङ्ग संकेत पछाडि रहनें + (जोड) वा – (घटाउ) चिन्हले सम्बन्धीत रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितीलाई जनाउँदछ।

आयोजना सरकारलाई हस्तान्तरण नहुने 

जलविद्युत आयोजना निश्चित समयपछि नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्छ । तर सोलार आयोजना भने सरकारलाई हस्तान्तरण गर्नु पर्दैन । कम्पनीको विद्युत खरिद सम्झौता (PPA) तथा उत्पादन अनुमतिपत्र (Generation License) मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने शर्त नतोकिएको र सौर्य शक्ति (Solar Power) बाट विद्युत उत्पादन गर्ने हुँदा जलविद्युत बिकास नीति, २०५८ बमोजिम निर्माण, स्वामित्वकरण, संचालन र हस्तान्तरण गरिने प्रक्रिया यस कम्पनीलाई लागु हुदैन । कम्पनीको विद्युत खरिद सम्झौता (PPA) तथा उत्पादन अनुमतिपत्र (Generation License) समाप्त भए पश्चात नेपाल सरकारलाई हस्तान्तरण गर्नु नपर्ने हुदाँ सो समय पश्चात नयाँ विद्युत खरिद सम्झौता (PPA) तथा उत्पादन अनुमतिपत्र ( Generation License) प्राप्त गरी सोही स्थान प्रयोग गरी नयाँ सौर्य परियोजना वा अन्य परियोजना संचालन गर्न सकिने व्यवस्था छ।

spot_img
spot_img

1 COMMENT

  1. के तपाइको कम्पनी ले भविष्यमा रुपन्देही मा पनि परियोजना बिस्तारको सोच बनाएको छ ???

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

योग्य संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरणको लागि आउँन नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेन्ज नेप्सेले योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा...

रावा इनर्जीको २० लाख कित्ता बढी शेयरको लकइन अवधि जेठमा सकिँदै

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २० लाख कित्ता बढी शेयरको...

भट्टसँग सम्बन्धित ८ वटा बीमा कम्पनीमा संस्थापक शेयर हाल्ने सबैसँग मागियो प्रिमियमको विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका...

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको...

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँदै RPGCL, निजी क्षेत्रबाट ३ कम्पनी छनौट

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले सार्वजनिक निजी...

किष्ट हस्पिटलमा किर्तीमानी १५औँ पटक कलेजो प्रत्यारोपण

किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा...
spot_img