क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज चैत्र ५ गते मंगलबार बिहान ८:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।
क्रेस्टले फागुन २२ देखि फागुन २६ गतेसम्म आम सर्वसाधारणको लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।
यो पनि : क्रेस्ट माइक्रो लाइफको वित्तीय अवस्था राम्रो छ, यसै वर्ष लाभांश दिन्छौं: सीइओ श्रेष्ठ