Tuesday, March 17, 2026
spot_img

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

spot_img
spot_img

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वास्थ्य शिविर संचालनको लागि ओम मेगाश्री फर्मास्युटिकल्स र सुदूरपश्चिम रोयल्सबीच सहकार्य

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र सुदूरपश्चिम रोयल्सको सहकार्यमा बृहत...

इन्धन बचत गर्दै श्रीलंका: हरेक बुधबार सार्वजनिक विदा, बाइकलाई ५ लिटरमात्र पेट्रोल

श्रीलंकाको सरकारले इन्धनको संकटबाट जोगिन र उपलब्ध इन्धन सञ्चय...

चौतर्फी आलोचनापछि ब्याक भए सांघाईं, अब सामूहिक प्रचार नगर्ने भन्दै गरे आत्मालोचना

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि ४ जना...

‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजन सुरु हुँदै, आवेदन खुल्यो

विश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली...

इरान युद्दको असर: अनिश्चितकालका लागि बन्द हुन थाले मिडलइस्ट पठाउने मेनपावर कम्पनी

इजरायल–इरान युद्धले नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुक प्रभावित बन्दा...
spot_img