Friday, July 3, 2026
spot_img

एलआरआर मोटर्सको नयाँ वर्ष अफरः जिली ईएक्स५ म्याक्स खरिदमा थाइल्याण्ड टूरको अवसर

spot_img

नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एलआरआर मोटर्स प्रा.लि. ले आफ्नो प्रिमियम विद्युतीय सवारी जिली ईएक्स५ म्याक्समा आकर्षक नयाँ वर्ष विशेष अफर सार्वजनिक गरेको छ ।

“नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” नाम दिइएको उक्त योजना २०८२ चैत्र १ देखि २०८३ को वैशाख ७ सम्म लागू रहने कम्पनीले जनाएको छ।

यस अवधिभित्र जिली ईएक्स५ म्याक्स खरिद गर्ने ग्राहकहरूले विभिन्न विशेष सुविधा र उपहार पाउनेछन् । कम्पनीका अनुसार योजना अन्तर्गत दुई जनाका लागि छ रात सात दिनको थाइल्याण्ड भ्रमण प्रमुख आकर्षणका रूपमा समावेश गरिएको छ ।

यसका अतिरिक्त ग्राहकहरूले स्मार्ट कफी मेसिन, एडप्टेबल चार्जर, आकर्षक नगद छुट, झन्झटरहित किस्ता सुविधा, एक वर्षको निःशुल्क सवारी बीमा तथा एक वर्षको निःशुल्क सडक कर जस्ता लाभहरू पाउनेछन् ।

कम्पनीका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले नयाँ वर्षको अवसरमा ग्राहकलाई अझ विशेष अनुभव प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताए । उनका अनुसार विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ग्राहकलाई थप मूल्य दिने गरी यस्तो योजना तयार गरिएको हो ।

एलआरआर मोटर्सले अत्याधुनिक प्रविधि, उच्च सुरक्षा र प्रिमियम अनुभवलाई केन्द्रमा राख्दै जिली ईएक्स५ विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले नयाँ वर्ष लक्षित यो योजना विद्युतीय सवारीतर्फ ग्राहकको आकर्षण बढाउने विश्वास व्यक्त गरेको छ ।

कम्पनीले सीमित अवधिका लागि लागू भएको यस अफरको लाभ लिन इच्छुक ग्राहकलाई आफ्नो प्रदर्शनी कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तोलामै ७२ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को...

अब पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने

अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने भएको...

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...
spot_img