Sunday, May 10, 2026
spot_img

१९ लाख भन्दा धेरैले भरे गार्डियन माइक्रो लाइफको आईपीओ

spot_img
spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा मागभन्दा १३.६५ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने आज अन्तिम दिन पुस २४ सम्ममा १९ लाख ६ हजार ७ सय ४८ जनाले आवेदन दिएका हुन् ।

यी आवेदकले कुल २ करोड ५१ लाख ९० हजार ३ सय ६० कित्ताको लागि आवेदन दिएका हुन् । यो भनेको माग भन्दा १३.६५ गुणा बढी हो । बैंक तथा वित्तीय संस्थाले आफ्ना शाखामा आएका आवेदनलाई रातिसम्म नै इन्ट्री गर्न पाउने भएकोले यो संख्या अझै बढ्न सक्ने छ ।

कम्पनीले पुस २१ गतेदेखि आम सर्वसाधारणको लागि  १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। माग भन्दा बढीको आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा १ लाख ८४ हजार ५ सय जनाले मात्र शेयर पाउने छन् । शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई मङ्सिर ७ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो।  जस मध्ये २ लाख २५ हजार कित्ता श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि , ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि , र बाँकि रहेको  १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि छुट्याईएको हो ।

यो पनि : गार्डियन माइक्रो लाइफ आईपीओ रिभ्यु: कस्तो छ कम्पनी, को को छन् ठूला शेयरधनी ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img