लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मीई उन्नति कोषले आर्थिक वर्ष २०८०/८१ को लागि लाभांश घोषणा गरेको हो ।
जस अनुसार लक्ष्मी भ्यालु फण्ड २ ले आर्थिक वर्ष २०८० / ०८१ को लागि योजनाको इकाईधनीहरुलाई ४.५ (चार दशमलव पाँच प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०८० / ०८१ को लागि योजनाको इकाईधनीहरुलाई ७.५ (सात दशमलव पाँच प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
क्यापिटलले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि घोषणा गर्ने छ।
यो पनि : सुरु भयो लाभांश घोषणा गर्ने क्रम, शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत प्रतिफल बाड्ने