Friday, May 23, 2025
spot_img

सुरु भयो लाभांश घोषणा गर्ने क्रम, शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत प्रतिफल बाड्ने

spot_img

आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा क्रम सुरु भएको छ। जस अनुसार लक्ष्मी सनराईज बैंक लिमिटेड कोष प्रबर्द्धक तथा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “शुभ लक्ष्मी कोष” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०४/१४ गते अपरान्ह ४ बजे बसेको संचालक समितीको १४४औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.५% का दरले हुन आउने प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि साउन १५ गते बुक क्लोज गरिएको छ । साउन १४ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

“शुभ लक्ष्मी कोष” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफले (प्राप्त गर्ने लाभांश (कर प्राप तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ।  सो सुविधा उपभोग गर्न चाहने योग्य इकाईधनीहरुलाई २०८१/०४ / २१ गतेका दिन सम्म क्यापिटलको वेबसाइट मार्फत अन्लाइन नै आफ्नो नाम दर्ता गर्न क्यापिटलले आग्रह गरेको छ। यस अघि नै सो योजनामा सहभागि हुन आफ्नो नाम दर्ता गराइ सकेका इकाईधनीहरु पुनः आफ्नो नाम दर्ता गराउन पर्ने छैन ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img