Wednesday, August 5, 2026
spot_img

बिन्ध्यवासीनी हाइड्रोको लाभांश घोषणा, साधारण शेयरमा परिणत हुने ऋणपत्र निष्काशन गर्ने

spot_img

बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी  लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस ३० गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले सभामा हाल कायम चुक्ता पुंजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि लैजाने छ । साथै सर्वसाधारण शेयरमा परिणत हुने गरि ऋणपत्र निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...
spot_img