सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८१/८२ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी ५ अर्ब १ करोडको १३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले ६५ करोड १५ लाख ५३ हजार २ सय १३ रुपैयाँ ६७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।













