Tuesday, July 7, 2026
spot_img

प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

spot_img

प्राइम कमर्शियल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ । बैंकले असार १६ गतेदेखि  प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो।

यो ऋणपत्र मध्ये १८ लाख कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।  आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३ गते अनुमति दिएको हो । वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि १० वर्षको नै रहेको छ ।  ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्री नै भन्न थाले ‘नेपाल एफएटीएफको ब्ल्याक लिस्टमा पर्न सक्छ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सय दिने उपलब्धि सार्वजनिक...

दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा ५१ स्टल रहने, ४० वटा नयाँ मोडल लन्च हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना...

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...
spot_img