स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीको कार्तिक २१ गते बसेको संचालक समितिको बैठकले ऋणपत्र निष्काशनको निर्णय गरेको हो।
कम्पनीले ५० करोडको सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैकमा पेस गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले ऋणपत्र निष्काशन गर्ने छ ।












