राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ। बैंकले ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
बिक्री प्रबधक नियुक्ति सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्। बैंकले १,००० रूपैयाँ अंकित दरको ३० लाख कित्ताले हुन आउने ३ अर्ब रकम बराबरको ऋणपत्र “6% RBBL Debenture 2089″निष्काशन गर्ने तयारी गरेको हो।
जस मध्यको ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत तवर (Private Placement) र ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने १ अर्ब २० करोड बराबरको रकम सर्वसाधारणहरुका लागि निष्काशन गरिनेछ । उक्त ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत र अवधी ७ वर्षको रहनेछ ।









